१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

युरोकपको नाममा भएको सट्टाबाजी धन्दामा आईएमईको साथ, तीन भारतीयसहित आठ पक्राउ

२२ असार, काठमाडाैँ । युरोकपको नाममा भएको सट्टाबाजी धन्दामा आईएमईले साथ दिएको पाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सट्टाबाजीमा सहभागी भएका ८ जना पक्राउ गरेसँगै यो रहस्य खुलेको हो । उनीहरूले सट्टाबाजीको पैसा आईएमई मार्फत कारोबार गरिरहेको तथ्य प्रहरीले पाएको हो । प्रहरीले यसमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

महानगरीय अपराध महाशाखाको बिशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट अनलाइन वेटिङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको छ । साथै त्यसरी बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा IME बाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट पाइएको छ ।

प्रहरीले काठमाडाैँ सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान, ढोकाटोलका जीवन लामा, पर्साका सुरज टिवडेवाल, भारत विहारका अशोक कुमार गुप्ता, चितवन खैरहनीका गोबिन्द प्रसाद आचार्य, भारत हरियानाका राजेश कुमार अग्रवाल, भारत राजस्थानका डालमिया अग्रवाल र मोरङका अमरनाथ गुप्ता रहेका छन । प्रहरीले उनीहरूको साथबाट ३४ हजार ६५ हजार ५०५ रूपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०९:२८