१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मध्यावधि निर्वाचनको कार्यतालिका तयार, साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने

२१ असार, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार गरेको आयोगका एक अधिकारीले जानकारी दिनुभयाे । प्रतिनिधिसभा  विघटन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आज आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

आयोग स्रोतका अनुसार अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । त्यस्तै, दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १३:३६