१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

सुजिता भण्डारी प्रकरणः स्थानीयद्धारा राजमार्ग अवरुद्ध


२१ असार, चितवन ।  चीतवनमा आइतबार राति मृत भेटिएकी सुजिता भण्डारीको शव अस्पतालमा लैजाने क्रममा आफन्त र स्थानीयले अवरोध गरेका छन् । राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

सुजिता हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका हुन् । अहिले राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला हाे ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १२:४८