४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नौ दिन देखि हराइरहेकी चितवनकी २३ वर्षीया सुजिता भण्डारीको शव जंगलमा फेला

२१ असार, चितवन । नौ दिन देखि हराइरहेकी चितवनको राप्ती नगरपालिका ३ की २३ बर्षीय सुजिता भण्डारीको शब जंगलमा फेला परेको छ ।

प्रहरीका अनुसार घरभन्द्या करिब चार किलोमिटर पर ब्रम्हस्थानी जंगलमा भण्डारीको शब भेटिएको हो । असार ११ गते बिहान तरकारी किन्न गएकी सुजाताले दिउसो आफू अपहरणमा परेको परिवारका सदस्यलाई फोन गरेर जानकारी गराउनुभएको थियो ।

परिवारको जाहेरीका आधारमा प्रहरीले खोजी गर्दा हिजो साँझ शब क्षतविक्षत अवस्थामा फेला परेको हो । सुजाताको हत्या किन र कसले गरेको हो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०८:१३