२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

अष्ट्रेलियाको एडिलेड नेपाली विद्यालयमा मनाइयो भानु जयन्ती

२१ असार, एडिलेड । एडिलेड नेपाली विद्यालयमा नेपाली भाषाका आदिकवि भानु भक्तको २०८ औ जन्म जयन्ती मनाईएको छ ।

अष्ट्रेलियाको एडिलेडमा नेपाली मुलका बालबालिकाहरुलाई नेपाली भाषाको शिक्षण गर्ने उद्देश्यले संचालित विद्यालयले आदिकवि भानुभक्त आचार्यको जिवनी, योगदान र कृतिहरुका बारेमा बालवालिकाहरु विचमा चर्चा परिचर्चा गरेको थियो ।

सत्तरि भन्दा धेरै वालवालिका अध्ययनरत विद्यालयमा एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन्द्र रेग्मी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन कडेल, सदस्य यदु आचार्यले भानुभक्तको वारेमा परिचयात्मक ढंगले जानकारी गराउनु भएको थियो भने शिवानी काफ्ले लगायत विद्यार्थीहरुले पनि भानुभक्त वारेमा चर्चा गर्नुभएको थियो ।

साउथ अष्ट्रेलियामा दुइ हप्ताको विद्यालय विदा हुने भएकाले विदा अगाडिको अन्तिम दिन भानु जयन्ती मनाइएको हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०७:५४