१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

नारायणगढ मुग्लिन सडकमा फेरि पहिरो, बाटो प्रयोग नगर्न प्रहरीको अनुरोध (भिडियो)


२१ असार, काठमाडौँ । नारायणगढ मुग्लिन सडकमा फेरि पहिरो खसेको छ । आइतबार ७ पटकसम्म पहिरो सोरेर बाटो खुलाइएको ठाउँमा फेरि सोमबार बिहानबाट निरन्तर पहरो खसिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिन सडकखण्डको सेतिदोवान, १४ किलो लगायत विभन्न स्थानमा पहिरो गएको छ । पहिरो निरन्तर बगिरहेका कारण सोर्न पनि समस्या भएको छ । प्रहरील्र अत्याबश्यक सवारी साधनहरुले वैकल्पिक बाटोको प्रयोग गर्नुपर्ने भन्दै सचेत गराएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०७:१५