१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भक्तपुरको डर लाग्दो बाढीमा रमाउँदै बालकहरु (भिडियोसहित)

२८ असार, काठमाडौँ । बिहीबार काठमाडौँ उपत्याका र वनेपामा बाढीले बितण्डा मच्चायो । लगातार भएको भारी वर्षाले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका केही भाग डुबानामा परे । डुबानका कारण हजारौँ मानिस प्रभावित बने ।

भक्तपुरमा पहिरोमा पुरिएर तीन जनाको ज्यानै गयो । यद्यपी बाढीबाट भने मानवीय क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । बाढीले दुःख दिएर बस्तीबस्ती पस्दाखेरी केही बालहरु भने भक्तपुरमा बाढीमै मनोरञ्जन गरिरहेका थिए ।

उनीहरुले एउटा बाकसमा बसेर डुंगा चलाएझैँ बग्ने कोशिश गरिरहेका थिए । पत्रकार कुशुम बसुधा केसीले खिचेको एउटा भिडियो यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार १९:२२