१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

संसद विघटन बिरुद्धको रिटमा सभामुख सापकोटाको पक्षमा कानुन व्यवसायीको बहस सुरु


२० असार, काठमाडाैँ । संसद विघटन बिरुद्ध परेको रिटमा सभामुख अग्नि सापकोटा पक्षका कानुन व्यवसायीले बहस शुरु गरेका छन् । अधिवक्ता मेघराज पोखरेलले सभामुख सापकोटाको पक्षमा बहस सुरु गर्नुभएकाे छ ।

सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्नुहुनेछ । खपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नुहुनेछ ।

सभामुखको पक्षमा बहसपछि विपक्षी गठबन्धनका १४६ सांसदहरुले दायर गरेको रिटका तर्फबाट जवाफी बहस सुरु हुने छ । जवाफी बहसका लागि ३ घण्टा समय छुट्याइएको छ । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नुहुनेछ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहनुभएकाे छ ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार १२:१८