२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

कांग्रेस नेता एवम् सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन

२० असार, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवम् सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । ७० वर्षीय बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिवार राति निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

बर्मा लामो समयदेखि क्षयरोगबाट पीडित हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या आएपछि उहाँ ६ दिन अस्पतालमा रहनुभएको थियो । उहाँको सर्लाहीमै अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार ०९:४७