२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

एमालेका सबै कमिटीले साउन ५ भित्र सदस्यताको विवरण केन्द्रमा पठाउनु पर्ने

१९ असार, काठमाडाैँ । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ । शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै महासचिव पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरेर साउन ५ भित्र केन्द्रमा पठाउनुपर्ने प्रस्ताव गर्नु भएको हो ।

बैठकमा पार्टी छाडेका, मृत्यु भएका, निस्क्रिय भएका र कारबाहीमा परेकालाई हटाएर नयाँ सदस्य थप्ने प्रस्ताव पनि गरिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १७:१३