२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युक्रेनलाई ४-० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

२० असार, काठमाडाैँ । इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई ४-० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । रोममा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डले शानदार प्रदर्शन गरेको थियो । अब फाइनल प्रवेशका लागि इंग्ल्याण्डले घरेलु मैदान वेम्बलीमा डेनमार्कसँग खेल्ने छ । इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनल पुगेको हो । गएराति नै भएको पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ ले हराएर डेनमार्क २९ वर्षपछि युरोको सेमिफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार ०८:३३