२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

काठमाडाैँमा भएको टिपर दुर्घटनमा घरमै सुतिरहेका नुवाकोटका दुई जनाको मृत्यु

१९ असार, काठमाडौँ । काठमाडौँको थलीमा घरमाथि टिपर पल्टिदाँ सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले थलीको ओरालोमा टिपर घरमाथि खसेको जनाएको छ ।

बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे टिपर घरमाथि पल्टिदाँ नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँको गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर एक अस्थायी घरमा पल्टिएको हो ।

मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। थ

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १०:१७