२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो, हतार नगरी सवारी चलाउन प्रहरीको अनुरोध

१९ असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पहिरोले अवरूद्ध रहेको सडकखण्ड बिहान ९ बजेपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अविरल वर्षाकारण सडक खण्डको पाँच स्थानमा झरेको पहिरोले डोजरको सहायतामा सुरक्षाकर्मीले हटाएका छन । उनीहरूले चारकिलो, पाँचकिलो, सेतिदोवान, घोप्टेभिर र कुरिनटारमा झरेको पहिरो हटाएका हुन । सडक एकतर्फीमात्र खुलेकाले हतार नगरी सवारी सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १०:०६