२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

नारायणगढ-मुग्लिन सडक खण्डको चार ठाउँमा पहिरो, सवारी अवागमन बन्द

१९ असार, चितवन । अबिरल बर्षाको कारण नारायणगढ-मुग्लिन सडक खण्डको चार ठाउँमा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ-मुग्लिन सडकखण्डको चौधकिलो, सेतिदोभान, चारकिलो, घोप्टेभिरमा माथीबाट ठूला ठूला पहिरो गएको कारण दुईतर्फी बाटो बन्द भएको छ ।

प्रहरीले बाटो खुल्न समय लाग्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न अनुरोध गरेको छ । प्रहरीले सकेसम्म उक्त बाटोमा यात्रा नै नगर्न र अफ्ठेरो परेकाहरूलाइ पनि वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०८:४७