२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

नेपाली कम्युनिस्ट नेतालाई प्रश्नः जनताले अपार माया दिए, तपाईंहरुले के दिनु भयो ?

१९ असार, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता डा युवराज संग्राैलाले सधैं सत्ताकालागि छिनाझप्टी गर्ने कम्युनिस्ट नेताहरुमाथि प्रश्न गर्नुभएको छ । उहाँले चीनले ७० वर्षमा गरेको प्रगतिसम्बन्धी एउटा बृतचित्रको भिडियो लिंक सेयर गर्दै कम्युनिस्ट नेतामाथि प्रश्न गर्नुभएको हो ।

डा संग्राैलाको टिप्पणी तल पढ्न सक्नुहुन्छ

सधैं सत्ताकालागि छिनाझप्टी गर्ने कम्युनिस्ट नेताहरु। कम्युनिस्ट हुन “जनतालाई माया गर्ने सफा मुटु चाहिन्छ, समाजलाई बदल्ने दिमाग चाहिन्छ र भबिस्यलाई अभाव र पिडाबाट मुक्त गर्ने हात चाहिन्छ।”

नेतालाई जनताको माया चाहिन्छ। जनतालाई नेताको माया चाहिन्छ। जनता ले अपार माया दिए। तपाईंहरुले के दिनु भयो जनतालाइ? नेता जनताका लागि काम गर्ने सेवक हो। बस, गलत कांहा भयो भने, तपाइहरु जनताका मालिक बन्नु भयो। कथित युवा नेताहरु, सत्ताको माद होइन जनताको माया गरेर देश बनाउन लाग।

यो भिडियो हेरेर एक पट्क, आत्माबिवेचना गर, तपाई नेता हो वा होइन। बाद्शाह बद्ल्ने इतिहासले नेता पनि बदल्न सक्छ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०७:५१