२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

शुभ अवसरग्राम नेपालद्धारा अत्यावश्क खाद्ययन्न तथा स्वच्छता सामाग्री वितरण

१९ असार, काठमाडाैँ ।शुभ अवसरग्राम नेपाल नामक समाजिक सस्थाले बुधवार श्रमिकहरुलाइ अत्यावश्क खाद्ययन्न तथा स्वच्छता सामाग्री वितरण गरेको छ ।

कोभिड १९ को रोकथामको लागि स्थानीय प्रशासनले बैशाख १६ गते देखि गरेको निषेधआज्ञाको कारण अधिकाशंको रोटीरोजी गुमेको तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको अवस्था दैनीय हुदै गएको खबर प्राप्त भएपछि शुभ अवसरग्राम नेपाल, गुड सेफर्ड इन्टरनेशनल नेपाल र सेन्ट जेभियर्स स्कुल जाउलाखेलको साझेदारीमा अत्यावश्यक खाद्यन्न तथा स्वच्छता समाग्री वितरण गरेको सस्थाकी कार्यकारि निर्देशक सिस्टर दुर्गा श्रेष्ठले बताउनु भयो ।

काठमाण्डौ उपत्यकामा अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा काम गर्ने करिब १५० श्रमिकहरुलाइ राहत तथा स्वच्छता सामाग्री वितरण गरेको हो ।

वि.स. २०५५ मा नेपाल सरकारमा विधिवतरुपमा दर्ता भै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहको शुभ अवसर ग्राम नेपालले मानव बेचविखन तथा ओासारपसारको विरुद्ध, बालविवाह तथा बालश्रमको विरुद्धमा वकालत गर्दै प्रभावितहरुको आर्थिक उपर्जनको लागि काम गर्दै आइरहेको छ ।

सस्थाको काठमाण्डौ, काश्की तथा रुपन्देहि जिल्लामा मानव बेचविखन तथा हिंसाबाट प्रभवितहरुको भौतिक सुरक्षाको लागि स्थायी तथा अस्थायी रुपमा सुरक्षित आवासगृह सञ्चालन गर्दै आइरहेका छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०७:१०