२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

अब कोरोनाविरूद्धको खोपको अभाव नहुने, २४ असारबाट नियमित आपूर्ति हुँदै

१८ असार, काठमाडौँ । नेपाल सरकारले कोरोनाविरूद्धको खोप भेरोसेल खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारमात्रै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्नेक्रममा खोपको अभाव अन्त्य हुने जानकारी गराउनुभएको थियो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले विज्ञप्ति मार्फत  सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिनुभएको छ । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी डा पौडेलले दिनुभएको छ । स्रोतका अनुसार चीनबाट ४० लाख डोज खोप आपूर्ति हुनेछ । मन्त्रालयले अहिलेसम्म कुल जनसंख्याको ९ प्रतिशतले खोप पाइसकेको र ३ प्रतिशतले दोस्रो डोज पनि पाएको जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार २२:३९