१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

क्यानडा पठाईदिने बहानामा ठगी गर्ने काभ्रेका प्रजिन अधिकारी पक्राउ

१८ असार, काठमाडाैँ ।  क्यानडा पठाईदिने बहानामा ठगी गर्ने काभ्रेका प्रजिन अधिकारी पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाले काभ्रेको तामाघाट घर भइ हाल काठमाडाैँ १० नयाँ बानेश्वर बस्ने प्रजिन अधिकारी पक्राउ परेका हुन । उनले सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ घर भएकी यमुना बस्नेतलाइ वर्किङ भिषामा क्यानडा पठाई दिने भन्दै ठगी गरेका थिए ।

अधिकारीले बस्नेतसँग १७ लाख रूपैयाँ बुझाएको पाइएको छ । प्रहरीले बिहीबार अधिकारीलाइ काभ्रेको बनेपा नगरपालिकाको दाहालगाउँबाट पक्राउ गरी हो ।  अधिकारीले अरू व्यक्तिलाइ पनि यस्तै बहानामा ठगेको पाइएको जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १८:४७