२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमाले बनेपछि प्रचण्डले पदमुक्त गराएका उपमेयरसहित तीन वडाध्यक्ष सर्वोच्चबाट पुनर्वहाली

१८ असार, काठमाडाैँ । सर्वोच्च अदालतले एमाले बनेपछि प्रचण्डले पदमुक्त गराएका एक उपमेयर र तीन वडाध्यक्षलाई सर्वोच्चले पुनर्वहाली गरेकाे छ । सर्वाेच्चले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई पुनर्वहाली गर्न आदेश दिएको हाे । न्यायाधीश कुमार चुँडालको एकल इजलासले उहाँहरूलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले नेकपा माओवादीबाट चुनावमा भाग लिनुभएका उपमेयर देवकोटा, गोदावरी नगरपालिकाका प्रवत्ता एवं वडा नम्बर–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बिसि लाई पुनर्वहाली गर्न  आदेश दिएको हो ।

यसअघि माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पदमुक्त गर्न पत्र पठाएको थियो । आयोगले सो पत्रका आधारमा  असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १७:३८