१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेविसंघका अध्यक्ष नैनसिंह महरले जारी गरेकै विज्ञप्तिमा यस्तो गल्ती (विज्ञप्तिसहित)

२८ असार, काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आफैँले जारी गरेको विज्ञप्तिमा थुप्रै गल्तीहरु भेटिएको छ । महरको विज्ञप्तिको गल्तीलाई लिएर नेविसंघकै नेता कार्यकर्ताले समेत आलोचना गरेका छन । महरले बुधबार नेविसंघको १२ औँ महाधिवेशनको विषयलाई लिएर जारी गरेको विषयमा यस्ता गल्तीहरु भेटिएको हो ।

केही गल्ती कलमले सच्याए पनि केही गल्तीलाई नेविसंघले सच्याएको छैन । नेविसंघका कार्यकर्ताले यस्तो लेखेका छन ‘नेबिसंघको महाधिबेशन २०७५ साउनमा हुनु पर्नेमा हाम्रो केन्द्रिय अध्यक्षले त २०७४ साउन २३–२६ मा पो केन्द्रिय महाधिबेशन गर्ने भन्छ त ! एक वर्ष बितेछ कसैले पत्तो नपाई ।’ विज्ञप्तिमा २०७४ साल हुनुपर्नेमा २०७५ साल भएको छ ।

पछिल्लो समय एकपक्षीय रुपमा नेविसंघको दुरुपयोग गरेको आरोप लगेका महरका विश्वासपात्र प्रेमबहादुर शाही हिजै कीर्तिपुरबाट पक्राउ परेका छन । आफ्नौ कार्यकर्ता कुटेको आरोपमा उनलाई सार्वजनिक अपराधको मुद्दामा प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको छ । कुटाइ खाने चाहिँ शेरबहादुर देउवा निकट विद्यार्थी नेता भएको बुझिएको छ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार १७:३८