२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काेराेना अपडेटः २२९९ संक्रमित थपिए , ३४ जनाको मृत्यु, ३४५१ संक्रमणमुक्त

१८ असार, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५६६ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ र ४०३० जनामा एन्टिजेन परीक्षण गर्दा ९०८ मा गरि थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३४५१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको हुनेकाे संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। काेराेना संक्रमणबाट  थप ३४ जनाको मृत्यु भएको छ। याे सहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१७९ पुगेको छ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १६:४५