२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

देउवालाई हस्ताक्षर बेचेर माधव नेपालसहितले गल्ती गरेः उपाध्यक्ष गाैतम

१८ असार, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गाैतमले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बेचेर गल्ती गरेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले पार्टी नेता माधव नेपालले गल्ती गरेको बताउनुभयो। कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर नेता नेपालले गल्ती गरेको उहाँको भनाइ छ ।

“माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुरको लागि सही गर्थें । उहाँले गल्ती गर्नुभएको हो । माधवलाई जसरी पनि पार्टीमा ल्याउँनु पर्छ । त्यसका लागि पार्टी अध्यक्षले संयमता अपनाउनु पर्छ । पार्टी एकता अपरिहार्य आवश्यकता हो ।”

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १४:५७