१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कार्यकर्ता कुट्ने नेविसंघका केन्द्रीय सदस्य प्रेमबहादुर शाही पक्राउ

२८ असार, काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य प्रेमबहादुर शाही पक्राउ परेका छन । आफ्नै कार्यकर्ता कुटेको आरोपमा शाही पक्राउ परेका हुन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघकै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेको आरोपमा शाही पक्राउ परेका हुन ।

शाहीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । उनलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहीलाई महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखिएको छ ।

 

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार १७:११