२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

नेपाली सेनाले प्रसुती हुन नसकेकी महिलाको उद्धार गरी अस्पताल पुर्याएर यसरी ज्यान बचायो

१७ असार, रसुवा । रसुवा गोसाईकुण्ड गा.पा.-५, रसुवाकि एक स्थानिय महिलाको प्रसुती ब्यथाका कारण स्वास्थ्यस्थिति जटिल बनेपछि नेपाली सेनाले उद्धार गरेर अस्पताल पुर्याएको छ । अस्पताल पुगेपछि सहज रूपमा सुत्केरी भएर ती महिलाले शिशु जन्माएकी छिन ।

सेनाको बिष्णुदल गणबाट खट्टिएको टोलीले कठिन भौगोलिक ईलाकामा स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल धुन्चे पुराएको हो । गोसाईकुण्ड गाँउपालिकाको वडा नम्बर ५ घर भई लौरीबिनायकमा चौरी गौठमा बस्दै आउनुभएकी ३२ बर्षिय बिबिरानी तामाङलाई सेनाले उद्धार गरेको हो ।

सेनानी अरुण उप्रेतीका अनुसार प्रसुती व्यथाबाट छट्पटाई रहेकी बिबिरानीलाई सुरक्षित स्थानमा ल्याउनको लागी बुधबार राती १२ बजे गणबाट हिडेको सेनाको टोलीले बिहान ८ बजे स्ट्रेचरमार्फत बोकेर धुञ्चे अस्पतालमा ल्याइपुर्याएको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १०:४८