२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काेराेना अपडेटः २७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु, ४०१७ संक्रमणमुक्त

१७ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७१३० जनाको पीसीआर परीक्षण गर्दा १८५७ र ३ हजार ८५५ जनामा एन्टिजेन परीक्षण गर्दा ९०३ जना गरी २०७६० जनामा काेराेना संक्रमण पुष्टि भएको हो । काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ४०१७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १७:०९