२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने

१६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ । आजबाट सुरू हुन लागेको अधिवेशनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लाग्नुभएकाे हाे । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने मिति भने तय भएको छैन ।  बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष  गणेश तिमिल्सिनाले राष्ट्रियसभा बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने बताउनुभएकाे थियाे ।

राष्ट्रपति भण्डारीले अहिलेसम्म राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्नु भएकाे छैन। उहाले यसअघि संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नु भएकाे छ। संविधानको धारा ९५ मा राष्ट्रपतिले संसदमा सम्बोधन गर्न सक्ने प्रावधान राखिकएको छ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १४:४४