२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सरकारी गाडी प्राइभेट बनाएर चढ्ने कांग्रेस नेता शाहीद्धारा पत्रकारलाई ज्यान मार्ने धम्की

१७ असार, काठमाडाैँ । सरकारी गाडी प्राइभेट बनाएर चढ्ने नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कार्यकर्ता लगाएर समाचार लेख्ने पत्रकार माथि ज्यान मार्ने धम्की दिएका छन । कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता  समेत रहेका जीवनबहादुर शाहीको बारेमा समाचार लेखेको भन्दै उनीनिकट व्यक्तिहरुले नेपाल प्रेसका संवाददाता शेरबहादुर थापाको घर घेराउ गर्दै ज्यान मार्ने धम्की दिएका हुन ।

नेता शाहीले सरकारी नम्बर प्लेटको प्राडो गाडीमा रातो नम्बरप्लेट राखेर चढिरहेको विषयमा समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई लिएर आफूलाई शाहीका स्वकीय सचिव राजबहादुर रोकायालगायतले ज्यान मार्ने धम्की दिएको थापाले जानकारी दिए । शाहीका कार्यकर्ताले घरमै हुलहुज्जत गरेर धम्कीसमेत दिएपछि आफू भागेर होटलमा लुकेको उनले बताए । उनले प्रहरीसँग सुरक्षा माग गरेका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले एक विज्ञप्ति जारी गरी शाहीनिकट कार्यकर्ताहरुबाट थापालाई आएको धम्कीका विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १०:१८