१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कञ्चनपुरमा ९ करोड ७५ लाखको लागतमा खानेपानीकाे आयोजना

२८ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ मा ९ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ ।
आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताउनुभयो ।

चुरे फेदको बस्ती भएकाले गर्मीका बेला पानी सुक्ने गरेको छ । नदी र खोलाको पानी सुकेपछि स्थानीयवासीले पानीका लागि सास्ती खेप्नुपरेको छ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार १५:२७