२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौँ शिखर सम्मेलन भोलिदेखि, सम्मेलनमा ९४ प्रस्तुती रहने

१६ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौ शिखर सम्मेलन भोलि बिहीबारबाट शुरु हुनेभएको छ । आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना जोखिमका कारण यसपटक पनि दुई दिने सम्मेलन भर्च्युअल विधिबाट सम्पन्न गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

सम्मेलनको पूर्व सन्ध्यामा परिषदले गरेको पत्रकार सम्मेलमा अध्यक्ष प्राडा गेहनाथ बरालले स्वास्थ्य क्षेत्रमा गरिएका अनुसन्धानलाई थप प्रभावकारी बनाउन र स्वास्थ्य क्षेत्रमा अनुसन्धान गरिरहेका युवा बैज्ञानिकहरुलाई थप प्रोत्साहित गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।

सम्मेलनको यसबर्षको नारा पनि ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कर्यान्वयनको लागि प्रमाण’ भन्ने रहेको छ ।सम्मेलनको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले गर्नुहुने परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले सम्मेलनमा मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को दक्षिण पूर्वी एसियाकी प्रमुख डा पुन क्षेत्रपालसिंह हुनुहुनेछ । यस्तै अक्सफोर्ड युनिभर्सिटी युकेका प्राडा सर पिटर हर्बेको पनि विशेष वक्ताको रुपमा सहभागिता रहने छ । डा ज्ञवालीले सम्मेलनलाई पारदर्शी बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान मुलक कार्यहरुको मौखिक प्रस्तुति , १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति हुने बताए ।

सम्मेलनको पहिलो दिनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रीत विज्ञहरु र प्रस्तुतकर्ताहरुको प्रस्तुति रहनेछ । यस्तै सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति हुनेछन् ।

जसमा मातृ तथ नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु, षोषण, मानसिक स्वास्थ्य र दुब्र्यशन, बाताबरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयहरुमा प्रस्तुतिकरण हुनेछ । कार्यक्रमको समापनमा विभिन्न ९ जना उत्कृष्ठ अनुसन्धानकर्तार्लाइ अवार्डद्धारा सम्मानित गरिनेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार २१:४२