१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सर्वोच्चमा रिट


१६ असार, काठमाडाैँ । विभिन्न संवैधानिक निकायहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको मर्म र भावनाविपरीत संसदीय सुनुवाइको प्रक्रिया छलेर गरिएका संवैधानिक नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएकाे हाे ।

यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र नियुक्तिका विरुद्ध परेका रिटहरूको पुरकका रूपमा यो निवेदन दर्ता भएको हो । संवैधानिक परिषदको गत वैशाख २६ गतेको बैठकले गरेको सिफारिसका आधारमा गत असार १० गते लोकसेवा आयोग, समावेशी आयोगसहित संवैधानिक आयोगहरूमा २० पदाधिकारी नियुक्त गरिएको थियो ।

निवेदनमा ‘संविधानको धारा २९२ विपरीत संसदीय सुनुवाइबिना संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति संविधानको सर्वथाविपरीत छ । यो संविधानको दुराशययुक्त एवं कपटपूर्ण प्रयोग हो’, भनिएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १६:३७