माछापुच्छ्रे बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायाे अनुमति, व्याज कति ?
१६ असार, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति पाएकाे हाे ।
३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । त्यसैगरी सर्वसाधारणका लागि छुटाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्मेन्टबैंकिङ्ग लिमिटेड रहेकाे छ । माछापुच्छ्रे डिबेन्चर २०८७ क्रणपत्रको ब्याजदर ८.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । यसकाे अवधि १० वर्ष रहने छ ।
प्रकाशित मिति : १६ असार २०७८, बुधबार १५:३१












