१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

मालवाहक सवारीको ठक्करबाट भरतपुरमा पैदलयात्रीको मृत्यु


१६ असार , चितवन । भरतपुर महानगरपालिका–१० घरेलु कार्यालय अगाडि बाइपास सडकमा मालवाहक सवारीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय वसन्तबहादुर लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ७ः३० बजेको समयमा विराटनगरबाट काठमाडौँका लागि बिस्कुट लोड गरी जाँदै गरेको ना६ख ४९२३ नंको डिब्बा गाडीले लिम्बूलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते लिम्बूको भरतपुर अस्पतालमा उपचारका क्रममा ७ः५५ बजे मृत्यु भएको हो ।

दुर्घटनापछि फरार रहेको उक्त सवारीलाई भाग्दै गरेको अवस्थामा केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सवारी साधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १४:०९