१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी नपुगेकाले राष्ट्रपतिले स्वविवेक प्रयोग गर्नुभयो


१६ असार, काठमाडाैँ । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय व्यवस्था रहेको मुलुकमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिसँग हुने र सोहीअनुसार राष्ट्रपतिले स्वविवेक प्रयोग गरेको दाबी गर्नुभएकाे छ ।

राष्ट्रपतिलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी पुगेको नलागेकाले कसैलाई प्रधानमन्त्रीमा नियुक्त नगरेको उहाँले बताउनुभयाे ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता पन्तले अन्य काम मन्त्रिपरिषद्को सिफारिशमा हुने भएपनि प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘संसदीय व्यवस्था रहेको मुलुकमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको हुन्छ । अन्य काम मन्त्रिपरिषद्को सिफारिसमा हुने भएपनि प्रधानमन्त्री नियुक्तिको अधिकार राष्ट्रपतिलाई नै हुन्छ,’ उहाँले भन्नुभयाे, ‘ओली र देउवा दुवैको दाबी पुगेन भनेर राष्ट्रपतिले आफ्नो विस्डम प्रयोग गर्नु भयो ।’

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १३:५७