२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

आफैँले चलाएको गाडी खोलामा खस्दा शंकर भण्डारीको मृत्यु

१५ असार, काठमाडाैँ । रुपन्देहीको देवदहमा मंगलबार साझ भएको सवारी दुर्घटनामा परि कांग्रेस नेता चन्द्र भण्डारीका भाई डा शंकर भण्डारीको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा २ योगिकुटी निवासी अन्दाजी ५२ बर्षिय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई हुन् ।परिवार सहित काठमाण्डौमा बस्दै आएका भण्डारी बुवाको बार्षिक स्मृतीको कार्यक्रममा सहभागीहुन गएको आईतवार रुपन्देही आएका थिए ।

रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी डा। भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चरङ्गे मुढाबास भन्ने स्थानमा आउँदा कल्भर्टबाट ठोक्किएर उक्त कार पानीको रहमा खसेको थियो । राती साढे ८ बजेतिर भएको दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवल अवस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले भण्डारीसगै उनका आफन्त थानेश्वर भण्डारी पनि कारमा रहेकोमा उनको अवस्था भने सामान्य रहेको बताए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार २२:५५