१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

काठमाडाैँको ९ वटा सहकारीबाट पैसा चोर्ने नुवाकोटका दीपक गजुरेल पक्राउ

१५ असार, काठमाडाैँ । काठमाडाैँका ९ वटा सहकारीबाट पैसा चोर्ने नुवाकोट बेलकोटगढी वडा नम्बर ९ का एक जना युवा पक्राउ परेका छन । उनी शनिबार काठमाडाैँको गाैशलाबाट पक्राउ परेका हुन । ६ वर्षअगाडि लागूऔषध मुद्दामा पक्राउ परेका दीपक गजुरेल ९ वटा सहकारी चोरीमा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडाैँले शनिबार पक्राउ गरेको हो । गजुरेको साथबाट प्रहरीले ४३ लाख ९७ हजार नगद, ९ तोला सुन, एक थान ल्यापटप, एउटा सुनको तिलहरी, टप लगायतका सामग्रीसहित पक्राउ गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण सुरू भएपछि गजुरेलले ‘स्पेस म्युजिक’ भन्ने कम्पनी स्थापना गरेर अनामनगरमा कार्यालय सञ्चालन गरेका थिए । उनले म्युजिक कम्पनी मार्फत पनि भिडियो खेलाउने भन्दै नयाँ मोडलहरूसँग समेत ठगेको महानगरी प्रहरी परिसर काठमाडाैँका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । पक्राउ परेका गजुरेल स्वंयले ९ वटा सहकारीबाट पैसा चोर्ने काम गरेको बबताएका छन ।

गजुरेलले बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी, शंखमुलस्थित घर संसार उपभोक्ता सहकारी, गौशाला मित्रपार्कमा रहेको पञ्चश्री बचत तथा ऋण सहकारी, कोटेश्वरको सिसम स्वामी बचत तथा ऋण सहकारी, मैतीदेवीमा रहेको गौँथली बचत तथा ऋण सहकारी संस्थाबाट पैसा र सुन चोरेको स्वीकार गरेका छन । गजुरेल गरेको कुनै पनि चोरीमा टुटफुट र तोडफोड नभएको प्रहरीले जनएको छ । सोमबार गजुरेलको म्युजिक कम्पनीमा प्रहरीले छापा मारेको थियो । उनी बेलकोटगढीको सामान्य परिवारको सदस्य रहेको बुझिएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार २०:५०