२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमालेको भोलिको बैठकमा माधव नेपाल समूहका नेतालाई पनि निमन्त्रणा

१५ असार, काठमाडाैँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा माधवकुमार नेपाल समूहका नेताहरूले पनि निमन्त्रणा पाएका छन । यसअघि कारबाहीमा परेका नेताहरुबाहेक सबैलाई आमन्त्रण गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक भोलि बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तामाङले बताउनुभयो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १७:५१