२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रचण्डलाई सर्वोच्चको अर्को झड्का, एमालेमा लागेका दुई मेयरलाई पदमुक्त नगर्न आदेश

१५ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्चले अर्को झड्का दिएको छ । प्रचण्डले एमालेमा लागेको भन्दै कारबाही गरेका दुई जना मेयरलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चले मंगलबार आदेश दिएको छ ।  सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदबाट पदमुक्त हुन नसक्ने बताएको छ । आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १७:३४