१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

जीवन विकास लघुवित्तको आईपीओ आवेदन दिने आज अन्तिम दिन

१५ असार, काठमाडाैँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले असार ११ गते शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेका १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

सो शेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरोशेयर एप (सफ्टवेयर)मार्फतसमेत आइपिओमा आवेदन दिन सकिनेछ ।

सोमबार साँझसम्म संस्थाको आईपीओमा मागभन्दा१५.०५ गुणा बढी आवेदन परेको छ । सीडीएसीका अनुसार सोमबार साँझ ५ बजेसम्म संस्थाको आईपीओमा १८ लाख ४० हजार ३७ आवेदकले कुल २ करोड ७८ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १०:४७