१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सामान्य अंकले बढ्यो नेप्से, ७ अर्ब ७२ करोड बढी काराेबार

१४ असार, काठमाडौँ । केहि दिनदेखि भारी अंकले घटेको नेप्से आज सोमबार लगातार दोस्रो दिन सामान्य अंकले बढेको छ । आज नेप्से ५.११ अंकले बढेर २८७५.४९ अंकमा पुगेर बजार बन्द भएको छ । हिजो आइतबार २७.१७ अंकले बढेर २८७०.१८ अंकमा पुगेर बन्द भएको थियो ।

आज दिनभरी २१९ कम्पनिको १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर ८१ हजार ३ सय पटक कारोबार हुदा ७ अर्ब ७२ करोड ५५ लाख १२ लाख ७ सय १६ रुपैँयाको कारोबार भएको छ ।

आज सबैभन्दा बडि माईक्रोफाइनान्सका लगानिकर्ताले कमाएका छन । माईक्रोफाइनान्स समुह १११.४ अंकले बढेको छ । त्यसैगरी होटल एण्ड टुरीजम समुह २०.२७ अंकले उकालो लागेको छ भने लाईफ इन्स्योरेन्स समुह १४.०६ अंकले उकालो लागेको छ ।त्यसैगरी आज सबैभन्दा धेरै डेभप्लोमेन्ट बैंकका लगानिकर्ताले गुमाएका छन । आज डेभप्लोमेन्ट बैंक ७०.५८ अंकले ओरालो लागेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १५:५०