२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काठमाडौँमा सार्वजनिक यातायात, पसल खुले, के-के खुलेनन् (सूचीसहित)

१४ असार, काठमाडौँ ।  काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर एक साथा लम्ब्याउने निर्णय गरेको हो। निर्णयअनुसार भोलिदेखि सार्वजनिक यातायातसमेत जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन्।

व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुबाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ । त्यस्तै लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन।  मंगलबारदेखि सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ। खाद्यन्य तथा फलफूल र तरकारीका बजारहरू बिहानैदेखि खुल्ने भएका छन्।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १२:५०