१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

युनियन लाइफले बोर्डबाट पायाे आईपिओ निष्काशनको अनुमति, कहिलेबाट खुल्छ ?

१४ असार, काठमाडाैँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ ९ गते बोर्डमा निवेदन पेश गरेकाे थियाे ।

यो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमीटेड रहेको छ । बोर्डले अनुमति दिएसँगै युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेले असार महिना भित्रमै साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेकाे स्रोतले जनाएको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । याे रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १०:५७