२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

पूर्व महान्यायाधिवक्ता सुशील पन्त र अग्नि खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्ने

१४ असार, काठमाडौँ । पूर्व महान्यायाधिवक्ता सुशील पन्त र अग्नि खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्ने हुनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्दैछन ।

रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस आइतबार सकिएपछि आजदेखि सरकारी अर्थात रिटको विपक्षी तर्फको बहस सुरु हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा बहस हुनेछ ।

बहसमा पूर्व महान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै हुनुहुन्छ । बहसको लागि सरकारी पक्षलाई १५ घण्टा समय दिइएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १०:०८