१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

काेराेना अपडेटः १९२० जनामा कोरोना संक्रमण, ३००७ संक्रमणमुक्त, ३४ जनाको मृत्यु


१३ असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा १९२० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौँ उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौँ जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १६:५९