१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

पुनर्निर्माण प्राधिकरण र आन्दोलनरत इञ्जिनियरबीच सात बुँदे सहमती


१३ असार, काठमाडाैँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकबीच सात बुँदे सहमती भएको छ ।

आइतबार विभिन्न माग राख्दै आन्दोलनरत इञ्जिनियरहरु र प्राधिकरणबीच सात बुँदे सहमती भएको हो । सहमतिअनुसार प्राविधिकहरु कार्यक्षेत्रमा तत्काल फर्केर पुनर्निर्माणका काममा क्रियाशील हुनेछन् ।

त्यस्तै प्राधिकरण अन्तर्गत रही कार्य गरेका प्राविधिकहरुलाई भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने ‘रिफ्रेसर तालिम’को व्यवस्था प्राधिकरणले गर्ने भएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १४:५१