१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

माइक्रोले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाकाे मृत्यु


१३ असार, काठमाडाैँ । सुुनसरीस्थित पूर्व–पश्चिम राजमार्गमा माइक्रो बसले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

आइतबार बिहान भएकाे सो दुर्घटना मोटरसाइकलका चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका– ५ का २८ वर्षीय उदय साह र मोटरसाइकलकै पछाडि बसेका मोरङको विराटनगर– नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साहकाे मृत्यु भएकाे छ ।

यसैगरी पिकअप भ्यानका चालक विराटनगर– ७ का ४० वर्षीय अक्षय कुमार गुप्ताको पनि ज्यान गएको छ । गम्भीर घाइते भएका उनीहरु सबैको उपचारका क्रममा उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान पौने ८ बजे सुनसरीको कोशी गाउँपालिका– ८ मा पूर्वबाट पश्चिमतिर गइरहेको हायसले विपरीत दिशाबाट आइरहेका मोटरसाइकल र भ्यानलाई ठक्कर दिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायसले पश्चिमबाट पूर्व आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल तथा को १ च ९३६८ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा हायस चालक नुवाकोटका ३५ वर्षीय विकास तामाङ सामान्य घाइते भएको जनाइएको छ । साथै हायसका सहचालक नारायण बस्यालको खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले उपचार भइरहेको छ । दुर्घटनाग्रस्त तीनै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र ठक्कर दिने हायसका चालकमाथि अनुसन्धान अघि बढेको बताइएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १३:१३