१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेप्सेमा ५ कम्पनिकाे सेयर सूचीकृत, कुन कम्पनीको कति ?

१३ असार, काठमाडौँ । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर, एनआईबिएल समृद्धि फण्ड–२ म्युचुअल फण्ड, कामना सेवा विकास बैंकको ऋणपत्र, सारथी नेपाल लघुवित्तको हकप्रद शेयर र प्रभु सेलेक्ट फण्ड सूचीकृत भएको हो ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनश बापतको ९ लाख २० हजार २५०.७९ कित्ता शेयर नेप्सेमा सूचीकृ भएको हो । त्यस्तै, एनआईबिएल समृद्धि फण्ड–२ को १५ करोड इकाई सूचीकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि NIBSF2 सिम्बोल प्रदान गरिएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले वैशाख १३ गतेदेखि वैशाख १६ गतेसम्म प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

त्यस्तै, कामना सेवा विकास बैंक लिमिटेड बैंकको १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकले ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ को १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । त्यस्तै, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ हजार १९९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । र प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख कित्ता इकाई सूचीकृत भएको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १२:५७