१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आइतबार बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१३ असार, काठमाडाैँ । आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार २०० रुपैयाँ कारोबार भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९० हजार ५०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १३०५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियाे ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १२:०१