१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

अपि पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

१३ असार, काठमाडाैँ । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२९३८ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

उक्त हकप्रदमा कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले २९ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले बैशाख २९ गते गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसअनुसार बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले रहेकाे छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार ११:१४