१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रधानमन्त्रीको निर्देशनपछि अाजैबाट काठमाडाैँको खाल्डाखुल्डी पुर्ने काम हुँदै

२८ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी जतिसक्दो चाँडो पुर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशन पश्चात अाजैबाट काठमाडाैँँका खाल्डा पुर्ने काम सुरू हुने भएको छ । चाबहिल–बौद्ध–जोरपार्टी, कलंकी–थानकोटलगायत सडकको अवस्था र सार्वजनिक यातायात क्षेत्रको केही समय अघिसम्म कायम रहेको सिण्डिकेटको पूर्णरुपमा अन्त्य गर्ने विषयमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव लगायतलाई बोलाएर ती समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउनसमेत निर्देशन दिएका छन । प्रधानमन्त्रीले सार्वजनिक यातायातलाई भरपर्दाे, सेवाग्राहीमैत्री एवं प्रविधिमैत्री बनाउँदै ज्येष्ठ नागरिक, महिला, अपाङ्गलगायतलाई प्रदान गरिने आरक्षण सीट सुविधाको उपभोगलाई सहज बनाउनसमेत निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार ०६:१५