२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

साउदर्न हाईल्याण्ड नेपाली समितिको अध्यक्षमा सन्तोष बडाल निर्वाचित

१२ असार, अष्ट्रेलिया । न्यु साउथ वेल्स राज्यको साउदर्न हाईल्याण्डबासी नेपालीहरुको प्रथम साधारण सभा सम्पन्न भएको छ । सभाले सन्तोष बडालको अध्यक्षतामा नया कार्यसमिति सर्बसम्मत रुपमा निर्वाचित गरेको छ । अधिबेशन एनआरएनए अस्ट्रेलियाका उपाध्यक्षको प्रमुख आतिथ्यमा देब गुरुङज्युमा सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष वडालले नेपाली समुदाय अझै बलियो र यहाँ बस्ने नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुको हितको लागि दिलोज्यानले काम गर्ने बताउनुभयो । बडाल २०१७-२०१९ को साउदर्न हाईल्याण्ड नेपलि कमिटिमा संस्थापक उपाध्यक्ष भै काम गरिसक्नु भएको छ । भने नेपाली समुदायका विभिन्न कार्यहरुमा नेतृत्वदायी भुमीका निभाउनु भएको छ ।

कार्यसमितिमा अध्यक्ष वडाल सहित उपाध्यक्षमा अर्जुन चौलागाई र कृष्ण प्रसाद सुबेदी, महासचिबमा रबिन जोशी, सचिवमा सुजा तामांग तथा सदस्यहरूमा उज्वल पोखरेल, प्रेक पराजुली, सुजन्या पिया, ऋतु सापकोटा, संगा रत्न, गोकर्ण पुरी, श्री पराजुली, प्रशान्त भण्डारी, अनिल शाक्य, अमित ढुंगेल, निर्मल लामिछाने, दिपेन्द्र सिंह, अर्जुन लम्साल, बिष्णु पौडेल, मदन कार्की र अनिल ज्ञवाली निर्वाचित हुनुभएको छ ।

समाजले सल्लाहकारहरूमा तुला नाथ भट्टराईलाई चयन गरेको छ भने परशु राम अधिकारी र पूर्ब अध्यक्ष अरुण गौतम लाई संरक्षकको रूपमा चयन गरेको छ । भेलाले कार्यसमिति पहिलो बैठक बाट कोषाध्यक्ष र बाँकि सल्लाहकारहरूको चएन गर्ने समेत निर्णय गरेको छ ।

अधिबेशनमा निवर्तमान कोषाध्यक्ष अशोक बस्नेतले संस्थाको आर्थिक विवरण पेस गर्नु भयो भने निवर्तमान अध्यक्ष अरुण गौतमले आफ्नो कर्यकाल २०१७-१९ मा भएका कार्यक्रम बारेमा छोटकरीमा जानकारी गराउदै नया कार्य समितिलाई सफल कार्यकालको सुभकामना दिदै संस्था हस्तान्तरण समेत गर्नु भयो । कार्यक्रमको संचालन सचिब डिल्ली सर्माले संचालन गरेका थिए ।

कार्यक्रममा २०१७-१९ को समिति रही काम गर्नुहुने पदाधिकारी तथा सदस्यहरुलाई संस्थाको तर्फ़ बाट मायाको चिनो पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार १६:४४